Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जनाको समूह शृङ्खलाबद्ध लुटपाटमा संलग्न, २० दिनमा ११ लुटपाट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८०
in समाचार
0
प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जनाको समूह शृङ्खलाबद्ध लुटपाटमा संलग्न, २० दिनमा ११ लुटपाट
80
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : सुनसरीको बर्जुमा ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जनाको समूह शृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको पाइएको छ । उनीहरू मोरङ र सुनसरीमा हातहतियार देखाउँदै शृङ्खलाबद्ध लुटपाटमा सक्रिय रहेको पाइएको हो ।

आपराधिक घटनामा संलग्न भई कैद भुक्तान गरी निस्किएपछि पनि मुख्य गिरोहसहित सात जनाको समूहले मोरङ र सुनसरीका विभिन्न स्थानमा शृङ्खलाबद्ध लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । मोरङ र सुनसरीका ११ स्थानमा लुटपाट गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये एक जना नाबालक रहेका छन् ।

यसरी पक्राउ पर्नेहरूमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुद्दीन मियाँ, सोही ठाउँका ३० वर्षीय मो. अलिम मुर्तुजा, मोरङ बूढीगङ्गा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मियाँ, भारत घर भई हाल दुहबी नगरपालिका–६ का ४० वर्षीय मो. आलम, बूढीगङ्गा गाउँपालिका–५ का २१ वर्षीय मो. नजरूल मियाँ र सोही ठाउँका २५ वर्षीय सिजाम आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

सुनसरीको बर्जुमा ड्युटीमा खटिएका सादा पोसाकका दुई जना प्रहरीको हतियार लुट्ने समूह पनि उनीहरू नै रहेको एसपी पोखरेलले बताए । शुक्रबार मध्यराति ड्युटीमा खटिएको प्रहरीको चाइनिज पेस्तोल ६ जनाको समूहले लुटपाट गरेको थियो । लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेका थिए ।

सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यससम्बन्धी सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू शुक्रबार साढे १२ बजे बर्जु गाउँपालिका–१ शुक्रबारेमा पुगे । त्यहाँ पुग्ने बित्तिकै लुटेरा समूहसँग सादा पोसाकको प्रहरीको जम्काभेट भयो । छ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको चाइनिज पेस्तोल तेस्र्याए र फाइरिङ गर्न खोजे । तर, उनीहरूको हतियार फाइरिङ भएन । त्यसपछि लुटेरा समूह अगाडि बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भएको थियो ।

प्रहरीले लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । भदौ २२ गते राति ११ः३० बजेको समयमा बूढीगङ्गा गाउँपालिका–५ कोयलपुर क्षेत्रमा पैदल हिँडिरहेका ३ जना व्यक्तिहरूलाई लुटपाट गर्न खोजेका थिए ।

‘लुटपाट गर्ने सूचना प्रहरी कन्ट्रोलमा सूचना प्राप्त भई तत्काल त्यसतर्फ इन्स्पेक्टरको कमान्डमा टोली परिचालन भएको थियो । कोयलपुर क्षेत्रको नहर सडकमा शङ्कास्पद रूपमा हिँडिरहेका ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो’–एसपी पोखरेलले भने ।

पक्राउ परेपछि अनुसन्धानको क्रममा मोरङ प्रहरीका डिएसपीको कमान्डमा खटिएको टोलीले बूढीगङ्गा–५ स्थित मुस्लिम टोलबाट लुटपाटमा प्रयोग भएको हातहतियार र सवारी साधान बरामद भएको थियो । प्रहरीले हातहतियार रिजवान मियाँको घरबाट बरामद गरेको हो । पक्राउ परेका रिजवान २०६४ देखि २०७९ सम्म गरी जम्मा १० वटा अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध डाँका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा अनुसन्धान भई २०७० मा हातहतियार मुद्दामा पुर्पक्षको लागि कारागार चलान भए । रिजवान २०६४ सालको डाँका मुद्दा र २०६५ सालको डाँका ज्यान मुद्दाको फरार प्रतिवादीसमेत हुन् ।

उनको योजनामा शृङ्खलाबद्ध लुटपाट गरेको प्रहरीले जनाएको छ । ‘लुटपाटमा संलग्न गिरोहले राति र एकान्त स्थानको फाइदा उठाउँंदै बाटो ढुकेर योजनाबद्ध तरिकाले लुटपाट गरेको देखिएको छ’ एसपी पोखरेलले भने, ‘उनीहरूले लुटपाटमा डर त्रास देखाउन कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार प्रयोग गरेको देखिएको छ । लुटपाट गरेपछि पीडितलाई आक्रमण पनि गरेको पाइएको छ ।’

प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, तीन थान रड, धारिलो हतियार चक्कु दुई थान बरामद गरेको छ । यस्तै दुई थान मोटरसाइकल, नेपाली नगद एक लाख ७५ हजार दुई सय ७५ र भा.रु. ११ हजार छ सय बरामद गरेको छ ।

२० दिनमा ११ लुटपाट

पक्राउ परेका लुटेराको समूहले २० दिनमा मोरङ र सुनसरीका विभिन्न स्थानमा ११ वटा लुटपाट गरेको पाइएको छ । उनीहरूले भदौ २ देखि २२ गतेसम्म दैनिकजसो मोरङ र सुनसरीका विभिन्न स्थानमा लुटपाट गरेको देखिएको छ । एक दिनमा फरक फरक स्थानमा दुई पटकसम्म चोरी गरेको पाइएको छ ।

पक्राउ परेको समूहले सुरुमा भदौ २ गते अन्दाजी १ बजेर १५ मिनेटमा हरैंचाबाट विराटनगर आउने क्रममा झोराहाट क्षेत्रमा मोटरसाइकलमा सवार ३ जनालाई पेस्तोल, रड, लाठीलगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेका थिए । उनीहरूले नगद ५ हजार र २ आनाको टप, मोबाइल फोन चोरी गरेका थिए । यसैगरी भदौ ३ गते अन्दाजी रातको २ः४५ बजेको समयमा बेलेपुर विद्युत् अफिसछेउमा सिटीसफारीलाई रोकी उक्त सिटीसफारीको चालक र सवार यात्रुलाई पेस्तोल, रड, लाठीलगायतका हतियार देखाई लुटपाट गरेर कुटपिट पनि गरेका थिए । उनीहरूको साथबाट ५ थान मोबाइल र ५ हजार रुपैयाँ चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।

भदौ ३ गते फरक–फरक स्थानमा दुई पटक चोरी गरेको देखिएको छ । भदौ ३ गते बिहानको अन्दाजी ३ः३० बजेको समयमा ग्रामथान–५ स्थित गिदनी पुलमा मोटरसाइकलमा सवार पुरुष व्यक्तिलाई रोकी पेस्तोल, रड, लाठीलगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेका थिए । लुटेराले एक थान मोबाइल र चार सय रुपैयाँ लुटेका थिए ।

भदौ ५ गते १ः४५ बजेको समयमा सुनसरी दुहबी–८ कदमगाछी चौकस्थित कोशी लोकमार्ग सडक–खण्डमा ५–६ जनाको हतियारधारी समूहले पेस्तोल देखाई पीडित महिलाको सुनका गरगहना र मोबाइल फोन लुटेको थियो ।

रातिको ११ बजेपछि बिहानको ४ बजे सम्म लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए । ‘ठूलो टर्चलाइट आँखामा बाली प्रहरीको चेकिङ हो भन्ने भान पार्दै सवारी साधन रोक्ने गरेको देखियो’ उनले भने, ‘त्यसपछि ३–४ जना बाटोमा देखिने गरी बस्ने र बाँकी अन्य व्यक्तिहरू अगाडि र पछाडि पीडितलाई भाग्न उम्कन नदिन बाटो छेकी ढुकेर लुटपाट गरेको स्वीकार गरेका छन् ।’

लटपाटको क्रममा पीडितले प्रतिकार गर्ने प्रयास गरेमा लुटेराको समूहले निर्घात कुटपिट गर्ने गरेको पाइएको छ । उनीहरूले दैनिकजसो स्थान परिवर्तन गरी शृङ्खलाबद्ध लुटपाट गरेको एसपी पोखरेलले बताए ।

ब्लाष्टखबरबाट ।

Tags: #प्रहरीआक्रमणलुटपाट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.