इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत नदिने भएको छ ।
आफूहरूले विश्वासको मत दिएपनि विश्वासको मत प्राप्त नहुने भएपछि मत नदिने मनस्थितिमा पुुगेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको अहिलेको सरकारमा राप्रपा सहभागी छैन । यसअघि उनै कार्की नेतृत्वको प्रदेश सरकारमा सहयात्री रहेको राप्रपाले यो पटक भने विश्वासको मत नदिने भएको हो ।
‘हामीले विश्वासको मत दिँदा पनि वर्तमान सरकार टिक्दैन,’ सिटौलाले भने ‘४२ जना देखाएमात्रै मत दिएर सहयोग गछौं । नत्र हामीले सहयोग गर्दा पनि त्यसको महत्व रहँदैन ।’
भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा राख्ने तयारी गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।
प्रदेशसभमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपााक ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।














Discussion about this post