Monday, August 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘कांग्रेसमा संसदीय दलको नेताबाहेक अरु मुख्यमन्त्री बन्ने कुरा मिडियामै चैँ आउँछ’ : प्रमुख सचेतक राई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८०
in टाकुरा विशेष, समाचार
0
‘कांग्रेसमा संसदीय दलको नेताबाहेक अरु मुख्यमन्त्री बन्ने कुरा मिडियामै चैँ आउँछ’ : प्रमुख सचेतक राई

भूपेन्द्र राई ।

110
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएसँगै कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे रस्साकस्सी सुरु भएको छ ।

अहिले दलहरू कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे निर्णय गर्नका निम्ति काठमाडौँमा छन् । कोसी प्रदेशमा कांग्रेस र माओबादीले आ–आफ्नै दाबी गरिरहेका छन् ।

गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले गत शनिबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएसँगै गठबन्धन दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे छलफलसँगै शीर्ष तहमा रस्साकस्सी गर्न थालेका छन् । प्रदेश प्रमुख खापुङले सरकार बनाउनका निम्ति आगामी शुक्रबार सँझसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान गरेको मितिभित्र सरकार बनाउनेगरी छलफल भइरहेको नेपाली कांग्रेस कोसी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

‘सरकार निर्माणका लागि हाम्रो पनि दाबी रहेको छ । सहयात्री दलहरूबीच पनि छलफल जारी छ,’ राईले भने, ‘कांग्रेसको दाबी रहिरहँदा सहयात्री दलहरूको पनि कुरा रहन्छ । शीर्ष नेतृत्वको पनि इच्छा हुन्छ ।’

उनले कोसी प्रदेश सरकार गठनका लागि केन्द्रीय नेतृत्वको पनि इच्छा हुने संकेत गरे । कांग्रेसमा संसदीय दलको नेताबाहेक मुख्यमन्त्री बन्ने कुरा मिडियामा आइरहँदा त्यो सम्भावना नरहेको बताए ।

‘कांग्रेसमा संसदीय दलको नेताबाहेक मुख्यमन्त्री बन्ने कुरा मिडियामा चैँ आउँछ,’ उनले टाकुरा न्यूजसँग भने, ‘संसदीय दलका नेताबाहेक मुख्यमन्त्री बन्नेकुरा सम्भावना कम छ ।’

उनले यदि कांग्रेसको नेतृत्वमा सरकार बने संसदीय दलका नेता उद्वव थापा नै मुख्यमन्त्री हुने बताए । खासगरी कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान छ । तर, संविधानको धारा १६८ (५) अनुसार सरकार गठन हुनेछ ।

उपधारा ५ अनुसार सरकार गठन हुने भएपछि जो सुकैले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछ । जसअनुसार कांग्रेसमा पनि अरु सांसदहरूले दाबी गरेको कुरा मिडियामा आइरहेका छन् ।

यसअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्वव थापाले भने, ‘अब मुख्यमन्त्री बन्न दलको नेता जरुरी छैन । तर दल त छ, दलको निर्णय त हुन्छ नि । दल मात्र छैन, गठबन्धन पनि छ । गठबन्धन तोडेर हामी मुख्यमन्त्री बन्न जान्छौं ?’

उनले यसअघि आँफू मुख्यमन्त्री बनेपनि काम गर्ने अवसर नपाएको बताएका थिए ।

‘दाबी मेरो पनि छ । तर, नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरूले टुंगो लगाउनुहुन्छ । गठबन्धनको निर्णयलाई हामीले कार्यान्वयन गर्छौँ,’ उनले भने, ‘दलको नेता बाहेक मुख्यमन्त्री बनाउने विषयमा किन तयार हुने ? दलभित्र अनुशासन हुन्छ । विधान अनुसार दल चल्छ ।’

कोसी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि गठबन्धनसँग बहुमत छ । तर, कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे यकिन भइसकेको छैन ।

कूल ९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ ।

यसैबीच प्रदेश सांसद तथा विराटनगरका पूर्व मेयर भीम पराजुलीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवाले कोसी प्रदेशको मुख्यमन्त्री दलको नेता नै हुने बताएको पराजुलीले प्रतिक्रिया दिए ।

आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव लिएर भेट गर्न पुगेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई सभापति देउवाले दलको नेता नै मुख्यमन्त्री हुने बताएका हुन् ।

‘सभापतिज्यूसँग मैले कोसी प्रदेशको विषयमा कुरा गरें । पार्टीभित्र आइरहेको फलानो, चिलानो भन्ने जुन आइरहेको छ नि त्यो विषयमा पार्टीलाई मिलाएर जानुपर्छ भनेर मैले भने’ पराजुलीले भने, ‘सभापतिले मुख्यमन्त्री बन्दा संस्थागत रूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ त्यही हुन्छ । अरु हुँदैन भन्नुभयो ।’

Tags: #कांग्रेस#नेपाली कांग्रेसकोसी प्रदेशटाकुरा विशेषभूपेन्द्र राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

by रासस
भदौ ८, २०८३
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

भदौ ८, २०८३
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.