विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार विश्वासको मत लिने भएका छन्।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आगामी बुधबार मत लिन लागेका हुन्।
मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव कात्तिक १ गते बुधबारको बैठकमा पेस गर्न आग्रह गर्दै प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराएका छन्।















Discussion about this post