Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

वरिष्ठ गीतकार आनन्द अधिकारी भन्छन्, ‘सर्जक हरेक गीतमा जन्मिन्छ, सार्वजनिक भएपछि मर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८०
in कला साहित्य, समाचार
0
वरिष्ठ गीतकार आनन्द अधिकारी भन्छन्, ‘सर्जक हरेक गीतमा जन्मिन्छ, सार्वजनिक भएपछि मर्छ’
204
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वरिष्ठ गीतकार आनन्द अधिकारीले सर्जक हरेक गीतमा जन्मिने भएपनि गीत सार्वजनिक भएपछि ऊ मर्ने बताएका छन् ।

इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालको भवनमा इटहरीका कवि, लेखकहरूसँगको भेटघाटका क्रममा उनले सर्जक हरेक गीतमा जन्मिएपनि गीत सार्वजनिक भइसकेपछि ऊ मर्ने बताएका हुन् ।

‘गीत लेख्नेको पीडा र संगीतकारको दुःख उतिनै छ,’ उनले भने, ‘गीतकार हरेक गीतमा जन्मिन्छ, त्यो गीत सार्वजनिक भएपछि ऊ मर्छ । हामीले रोयल्टी मात्रै एक ठाउँमा ल्याइदियौँ भने सर्जकलाई सहज हुन्छ । अबको पुस्ताले सृजनाको मूल्य खोज्न आवश्यक छ ।’

अबको नेपाल भनेको स–साना बालबालिका रहेको उनको भनाइ छ ।

‘हामी सबै विचरा भएका छौं । हामीसँग सक्षमता र एकताको सुत्रधार हुँदाहुँदै पनि विचरा भएका छौं । अहिलेका बच्चालाई हामीले कमजोर बनाइरहेका छौं । सानो चिज पाइएन भने जिन्दगीबाट बिदा लिने र हार्ने प्रवृत्ति छ,’ अधिकारीले भने ।

पछिल्लो पुस्ताले गीत, संगीतलाई छाडापन बनाइरहेकोमा उनको चिन्ता छ । उनले भने, ‘पहिलेका गीतमा भावनात्मक पीडा हुन्थ्यो, अहिलेका गीतमा छाडापनका कारण पीडा हुन्छ ।’

उनले सर्जकको नामभन्दा सृजना ठूलो हुने तर्क राखे । पछिल्लो समय हरेक क्षेत्रमा नेतृत्वका लागि होडबाजी भइरहँदा उनले नेतृत्व गर्नका लागि भाषण नभइ, त्याग आवश्यक रहेको सुनाए ।

‘केही त्यागीहरूका कारण मात्रै हामी नेपाली भन्न पाएका छौँ,’ उनी भन्छन्, ‘नेतृत्व गर्न धूलो हुनुपर्नेरहेछ, धूलो भएमा मात्रै तल्लो स्तरबाट सबै कुरा बुझ्न सकिन्छ ।’

नेपाल बहुजातीय, बहुभाषीय मुलुक भएकाले यहाँ हरेक नागरिकको आफ्नै संस्कृति र पहिचान रहेको बताउँदै अरु देशभन्दा भिन्न रहेको उनको भनाइ छ । ‘सबैभन्दा बढि संस्कृति र पहिचान भएको देश नेपालभन्दा अरु कहिँ छैन’ उनले भने ।

नेपाली सेनाका उपरथीसमेत रहेका उनले देशलाई थुक्नेहरूलाई सन्देश दिए – ‘आमालाई नथुकन !’

अधिकारीका सयौँ गीतहरू चर्चित छन् । उनको ‘तिमीले दिने माया अजम्बरी छ भने,’ ‘तिमी बिनाको जीवन,’ ‘ओराली लागेको हरिणको चाल भो,’ ‘शिरफूल शिरैमा,’ ‘बाँचुन्जेलीलाई,’ ‘हिरा काट्ने हिरै मा,’ ‘नेपालको माटोलाई,’ ‘सलल खोलीको पानीले,’ ‘फूलको दिलमा,’ ‘एकादेशमा एउटा माया गर्ने मुटु छ’ लगायत सयौँ गीतहरू चर्चित छन् ।

उक्त साक्षात्कार कार्यक्रममा नेपाल म्यूजिक एसोसियसनका अध्यक्ष संगीतकार मिलन मोक्तान, गीतकार संघ नेपालका अध्यक्ष गीतकार बसन्त बित्यासी थापालगायतले गीत, संगीतबारे चर्चा गरेका थिए ।

यस्तै, कार्यक्रममा कवि मनु मञ्जिल, टीका आत्रेय, युवराज काफ्ले, हेम विश्वकर्मा, सुष्मा दाहाल, गायत्री लम्साल, एलपी पराजुली, विवेक विवश रेग्मी लगायतले कविता सुनाए ।

कार्यक्रममा डा. रामजी तिम्सिनाले सटिक समालोचनासमेत गरे ।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले प्रतिष्ठानको भवन नागरिकस्तरबाट तयार गरिएको बताए ।

उनले यहाँ गीत, संगीत पढाउने उदेश्यले प्रतिष्ठानको भवन निर्माण गरिएको बताउँदै अहिले बालबालिकासँग संगीत साधना अभियान सञ्चालन गरिरहेको बताए । जहाँ बालबालिकाहरूभित्र रहेको गायन तथा वाद्यवादनको खोजी गरिने उनको भनाइ छ ।

Tags: आनन्द अधिकारीसंगीतसंगीत साधना प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1229 shares
    Share 492 Tweet 307
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    462 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.