इटहरी
प्रदेश १ को हिउँदे अधिबेशन बिहीबारबाट सुरु भएको छ । प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशन बिहीबारबाट सुरू भएको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र पढेर सभामुख प्रदीप भण्डारीले बैठक आरम्भ गरेका थिए ।
बैठकमा बोल्दै मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनमा नामाकरणको विषयले प्राथमिकता पाउँनेमा जोड दिए । हामी प्रदेशको नामाकरणको बिषयमा आजैबाट छलफल गर्नेछौँ, उनले भने, हामीले धेरै उल्लेखनीय कामहरु गरिरहेका छौँ, तर सञ्चारमाध्यममा सकारात्मक प्रचार भएन। मुख्यमन्त्री राईले सरकारले राम्रा काम गरेको भएपनि सञ्चार माध्यमले त्यसलाई सकारात्मक प्रचार नगरेको गुनासो गरे ।
सात प्रदेश मध्ये प्राविधिक विश्वविद्यालय स्थापना गर्न र विदेशी सहयोग ल्याउने १ नम्वर प्रदेश नै पहिलो भएको उनको जिकिर थियो ।
मुख्यमन्त्री राईले सरकारका लागि आवश्यक विभिन्न संरचनाहरुको स्थापना गरेको र संसारमै नमुना मन्त्रिपरिषद् गठन गरेको दावी गरे ।
प्रदेश १ ले पहिलो छ महिनामा २२ दशमलव ८८ प्रतिशत पूँजीगत बजेट खर्च भएको र दोश्रो चौमासिकमा योजना कार्यान्वयनको गति तीब्र बनाउन निर्देशन दिएको उनको भनाई थियो ।
सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...











Discussion about this post