इटहरी : मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका १० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार (आज) बिहान हात्ती मृत फेला परेको हो ।
सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार मृत फेला परेको हात्तीको पुच्छर भेटिएको छैन । गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए ।
मृतक हात्ती भाले रहेको र अन्दाजी १२ देखि १५ वर्षसम्मको हुनसक्ने उनले बताए ।
प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको उनले जानकारी दिए ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अगाडि उनले बताए ।
भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा आतंक मच्चाइरहेको छ । हात्तीको आक्रमणबाट गत साउनयता मात्रै झापामा ५, मोरङ र सुनसरीमा १/१ गरी ७ जनाको मृत्यु भइसकेको छ ।














Discussion about this post