Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एसओएसमा कला, प्रविधि तथा विविधतासम्बन्धी शैक्षिक प्रदर्शनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २०, २०८०
in समाचार
0
एसओएसमा कला, प्रविधि तथा विविधतासम्बन्धी शैक्षिक प्रदर्शनी
102
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले कला, प्रविधि तथा विविधतासम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरेको प्रदर्शनीमा एसओएसका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विविध प्रस्तुति राखेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय बढी प्रस्तुति राखेका थिए । अभिभावकहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् स्थानीयले समेत प्रदर्शनी अवलोकन गरेका थिए ।

कला र प्रविधिको सुन्दर संयोजनले नै जीवन सार्थक हुने अबको युगलाई विद्यार्थीहरूले प्रदर्शनीमार्फत सम्बोधन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले विद्यार्थीहरूको प्रशंसा गरे ।

सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक बनाउन सिकाउने उद्देश्यले हरेक साल आयोजना गरिने यो कार्यक्रमले विद्यार्थीहरूलाई स्वरोजगार र सीपयुक्त बनाउन सहयोग पुर्‍याएको विद्यालयका निमित्त प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए ।

प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यस खालको कार्यक्रम आयोजना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्रामका निर्देशक देवचरण चौधरीले जनाए ।

‘विद्यालय तहमा यस खाले प्रदर्शनी कमै हुन्छन्, भएका पनि यत्तिको गुणात्मक र विषयक्षेत्रसँग सम्बन्धित विरलै हुन्छन् ।’ बाह्य परीवेक्षकका रूपमा सहभागी राजन ढकालले बताए । अबको शिक्षा जीवनोपयोगी र प्रयोगशील हुनुपर्ने कुरा एसओएसबाट सबैले सिक्नुपर्ने उनको भनाइ छ ।

‘लिखित परीक्षाबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरिने हुँदा वैयक्तिक प्रतिभाको खोजी नै नगर्ने हाम्रो शिक्षानीति तथा अभ्यास छ’, कार्यक्रमका संयोजक भेषराज गौतमले भने, ‘ यसमा सुधार गर्दै अबका दिनमा यस खाले प्रदर्शनीले स्वरोजगार र सीपमूलक बनाउने, स्वदेशमै केही उपार्जन गर्न मद्दत पुग्ने हुँदा यस्तो अभ्यास सबैले गर्नुपर्छ ।’

हर्मन माइनर विद्यालय इटहरीसहित देशभर सात ठाउँमा सञ्चालनमा छन् ।

अभिभावकविहीन तथा अभिभावक हेरचाहविहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिइरहेको एसओएस विद्यालय विश्वका १३५ देशमा सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक तथा समुदायका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Tags: एसओएसप्रदर्शनीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको...

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.