पाँचथर : पाँचथरको मिक्लाजुङ गाँउपालिका ३ आरुबोटेका एक युवाले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
ससुराली घरमा पारिवारिक झमेला मिलाउन बसिरहेको समयमा श्रीमान असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमीत कुशवाहाले जानकारी दिए ।
उनकाअनुसार श्रीमतीलाई हतियार प्रहार गर्दा छुट्ट्याउने क्रममा सासु कान्छिमाया र स्थानीय महेन्द्र श्रेष्ठसमेत सख्त घाइते भएका छन् ।
घाइते दुवैलाई उपचारका लागि झापाको बि एण्डसी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
उनी मिक्लाजुङबाट घर झगडा मिलाउनका लागि ससुराली आएका थिए ।














Discussion about this post