Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल : बिटिएफसी तेह्रथुमले चुम्यो उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०८०
in खेलकुद, समाचार
0
स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल : बिटिएफसी तेह्रथुमले चुम्यो उपाधि
209
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले चुमेको छ ।

शनिबार भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुमेको हो ।

बिटिएफसीका लागि खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्र भण्डारीले हेडिङमार्फत १ गोल गर्दै टिमका लागि खाता खोल्न सफल भए । पहिलो हाफमा १–० ले अग्रता लिएको बिटिएफसीले दोस्रो हाफपछि थप ३ गोल गर्न सफल भयो ।

बिटिएफसीका लागि दोस्रो हाफको ११ औँ मिनेटमा र ३३ औँ मिनेटमा शिशिर लेखीले २ गोल गरे । यस्तै, दोस्रो हाफको ३४ औँ मिनेटमा प्रदीप बुढाथोकीले १ गोल गर्दै टिमलाई थप बलियो बनाए ।

सिधुँवाका लागि दोस्रो हाफको ३ मिनेटमा पेनाल्टीमार्फत भुवन बस्नेतले १ गोल गरे । बिटिएफसीका खेलाडीले पोस्ट बक्सभित्र ‘फल्ड’ गर्दा पेनाल्टी भएको थियो । बस्नेतले गरेको गोल नै सिधुँवाका लागि शान्तवना गोल बन्यो ।

द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी हात पारेको छ ।

यसअघि नगद दुई लाख ११ हजार दिने भनिएपछि पछि पुरस्कार राशी वृद्वि गरिएको क्लबका अध्यक्ष विजय सुब्बाले बताए । यसैगरी उपविजेता हुने सिधुँवाले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफीमा चित्त बुझायो ।

यसैगरी फाइनल खेलको म्यान अफ दि म्याच बिटिएफसीका शिशिर लेखी घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट गोल रक्षक बिटिएफसीका प्रेम लिम्बू घोषित हुँदै नगद दस हजार हात पारे ।

यस्तै, उत्कृष्ट गोलकर्ताका रूपमा बिटिएफसीका शिशिर लेखी र ज्ञानेन्द्र भन्डारी, सिधुँवाका भुवन बस्नेत र धरान फुटबल क्लबका मिलन राई घोषित हुँदै नगद दस हजारमा समान रकम हात पारे ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीका रूपमा सिधुँवा सिंहदेवी फुटबल क्लबका असीम राई घोषित हुँदै नगद पन्ध्र हजार हात पारे । यसैगरी उत्कृष्ट दर्शकका रूपमा एलिसा राईलाईसमेत पुरस्कृत गरियो ।

फाइनल खेलको प्रमुख अतिथिका रूपमा सहभागी भएका नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रको श्रीवृद्विका निम्ति सरकारले काम गरिरहेको बताए ।

उनले युवा तथा खेलकुद क्षेत्रका लागि सरकारले प्राथमिकतामा राखेको बताए ।

खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीका अनुसार कोसी प्रदेशका आठ वटा टिम सहभागी भएका थिए । उनले आगामी वर्षमासमेत खेल प्रतियोगिता आयोजना गर्ने बताए ।

प्रतियोगितामा कूल २० लाख खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।

 

Tags: #खेलकुदद योङ ब्रदर्शफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.