Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिता : आयोजकलाई तीन लाख ३१ हजार नाफा (कुन शीर्षकमा कति खर्च?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३, २०८०
in खेलकुद, समाचार
0
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिता : आयोजकलाई तीन लाख ३१ हजार नाफा (कुन शीर्षकमा कति खर्च?)

आय, व्यय विवरण सार्वजनिक गर्दै आयोजक ।

140
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा गत माघ १३ गतेदेखि २० गतेसम्म भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा भएको खर्चको आय, व्यय विवरण सार्वजनिक गरिएको छ ।

आयोजक द योङ्ग ब्रदर्श क्लब, इटहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार कूल तीन लाख ३१ हजार छ सय ६७ रुपैयाँ मुनाफा भएको छ ।

जम्मा १९ लाख ४५ हजार आय हुँदा, १६ लाख १३ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विजय सुब्बाले बताए ।

उनकाअनुसार विदेशमा रहेका नेपालीहरूबाट कूल पाँच लाख ५० हजार, इटहरी तथा आसपासका संघ, संस्था र क्लबबाट १० लाख ४५ हजार रुपैयाँ, इटहरी उपमहानगरबाट दुई लाख ५० हजार रुपैयाँ र प्रदेश खेलकुद विकास बोर्डबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको हो ।

यसैगरी, खेल मैदान मर्मत तथा स्टेज निर्माणमा एक लाख, उद्घाटन तथा समापनमा ६० हजार, खेल सामाग्रीका लागि ५० हजार, ट्रफी, प्रमाणपत्र, शिल्ड, मायाको चिनोमा एक लाख २० हजार, नगद पुरस्कार (विजेता, उपविजेता, म्यान अफ दि म्याच र उत्कृष्ट खेलाडी)मा चार लाख ३३ हजार) खर्च भएको अध्यक्ष सुब्बाले बताए ।

यस्तै, गेट निर्माण र ब्यानर छपाईमा ५० हजार, प्राथमिक उपचार, अफिसियल तथा स्वयम्सेवकमा एक लाख, विज्ञापनमा ६० हजार, रेफ्री भत्तामा एक लाख, खेलाडी भत्ता र यातायातमा चार लाख ५० हजार र मसलन्द खर्चमा एक लाख २० हजार खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लबका संरक्षक तथा खेल संयोजक विकास केसीले आगामी दिनमा खेलाडी उत्पादनका निम्ति पनि क्लबले काम गर्ने बताए ।

‘आफ्नै क्षेत्रमा भएका खेलाडीलाई प्रोत्साहित गर्नका निम्ति आगामी दिनमा क्लबले काम गर्नेछ,’ केसीले भने, ‘क्लबले खेल क्षेत्रलाई प्रोत्साहितसँगै सामाजिक कामसमेत गर्नेछ ।’

उनका अनुसार यसअघि क्लबले रक्तदान पनि आयोजना गरेको र त्यसबेला सहयोग उठाएर गरिएपनि अब भने थोरै खर्चमा हुने कार्यक्रम अहिले बचत भएको पैसाले गर्ने बताए ।

प्रायजसोः कार्यक्रम भएपनि खर्च विवरण सार्वजनिक भएका हुँदैनन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले खेलकुद प्रतियोगिता आयोजना गर्नुअघि नै पत्रकार सम्मेलनमार्फत एक साताभित्र खर्च सार्वजनिक गर्ने भनेका थियौँ । तर, कारणवश केही ढिला भयो, हामी समाजप्रति जवाफदेही छौँ भन्नका लागि पनि खर्च विवरण सार्वजनिक गरिएको हो ।’

उनले समाजसँग उठाएर गरिएका कार्यक्रमको अय, व्यय विवरणमाथि प्रश्न उठिरहँदा यो क्लबले भने पारदर्शीताका निम्ति पनि चाँडै नै खर्च विवरण सार्वजनिक गरेको बताए । ‘कार्यक्रमको उदेश्य के हो ? भनेर गरिएका कार्यक्रम पारदर्शी हुनुपर्छ,’ केसीले भने, ‘हामी स्वच्छतापूर्वक काम गरिरहेका छौँ ।’

इटहरीमा यसअघि हुँदै आइरहेको ‘इटहरी गोल्डकप’लाई यो प्रतियोगिताले असर पारेको भन्ने सन्दर्भमा उनले खण्डन गरे ।

‘हामीले इटहरी गोल्डकप गराउने आयोजकका साथीहरूसहित, प्रदेश खेलकुद बोर्ड र एन्फासँग सल्लाह गरेर यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने, ‘आयोजक योङ्ग ब्रदर्श क्लब भएपनि यो हामी सबैले गरेको प्रतियोगिता ठानेर उहाँहरूले सहयोग गर्नुभएको छ । बजारमा भइरहेका हल्ला र प्रचारमा अल्झिने कुरा भएन ।’

उनकाअनुसार खेल अवधिभर करिब २० हजार दर्शक सहभागी भए । दर्शकको उत्साहले आफूहरूलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।

यसअघि माघ २० गते भएको फाइनल खेलमा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले चुमेको थियो ।

खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुम्दै नगद दुई लाख २२ हजार रुपैयाँ हात पारेको थियो । यसैगरी सिधुँवाले नगद एक लाख ११ हजार हात पारेको थियो । प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी रहेका थिए ।

Tags: #खेलकुद#विकास केसीद योङ ब्रदर्शफुटबलविजय सुब्बा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
FEATURE BREAKING

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1275 shares
    Share 510 Tweet 319
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.