इटहरी : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते बिहीबारदेखि इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ ।
क्यान सुनसरीले मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने तयारी छ ।
क्यान सुनसरीका अध्यक्ष सन्देश राईले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ ।
जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाएको छ ।
इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू सुपथ मूल्यमा किन्न सकिने उनले बताए ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।
जसमा नेपाली उत्पादनले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिन सकिनेछ ।














Discussion about this post