इटहरी : इटहरीको प्रिमियर ग्लोबल स्कुलले आयोजना गरेको मिस्टर एण्ड मिस २०८० को उपाधि दामोदर कार्की र सेयुङ लिम्बूले जितेका छन् ।
शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ अगाडि बढिरहेको कलेजले मङ्गलबार आयोजना गरेको कार्यक्रममा कार्की र लिम्बूले मिस्टर एण्ड मिस २०८० को उपाधि जितेका हुन ।
यस्तै, आदित्य कुमार चौधरी र सन्ध्या चौधरी फस्ट रनरअप भएका छन् भने हंशल कार्की र अल्फा चौधरी सेकेन्ड रनरअप भएका छन् ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबीच गराइने प्रतियोगिताअन्तर्गत मिस्टर एण्ड मिस २०७९ को उपाधि भने अविनाश राई र कृतिका श्रेष्ठले जितेका छन् ।
फस्ट रनरअपको उपाधि भने हेमराज राई र दिलिसा लामाले हात पारेका छन् । करण धमला र कामना जिमी सेकेन्ड रनरअप भएका छन् ।
प्रतियोगितामा विभिन्न २६ विधामा उत्कृष्ट प्रतियोगी छनौट गरिएको कलेजका सञ्चालक सुभाष लुइँटेलले जानकारी दिए । प्रतियोगिताको विजेता छात्र छात्राले नगद १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।
हिसान सुनसरीका अध्यक्ष सागर भटराईको प्रमुख आतिथ्ययतामा सम्पन्न प्रतियोगिता विभिन्न विधामा उत्कृष्ट हुनेले विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।















Discussion about this post