Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हाते कागज उत्पादनमा समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २७, २०८०
in समाचार
0
हाते कागज उत्पादनमा समस्या
96
SHARES
Share on FacebookShare on Twitter

इलाम : सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।

अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली प्रशोधन गरी बनाइने हाते कागज उद्योग मौसम अनुकूल नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । इलाममा करिब आधादर्जन उद्योग दर्ता भए पनि नियमित रूपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।

हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । यसका लागि आवश्यक कच्चापदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैनन् ।  लोक्ता उच्च पहाडी क्षेत्रमा उत्पादन भए पनि सुकाउन घाम आवश्यक पर्दछ ।

उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको उद्योग सञ्चालक फागोले बताउनुभयो । तराईमा जाडोयाममा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । पहाडमा मौसम अनुकूल नहुँदा उद्योग सञ्चालनमा आएर पनि बन्द हुने गरेका स्थानीय बताउँछन् ।

क्षेत्रबाट कच्चापदार्थ लेकाली तराईमा ल्याएर उद्योग सञ्चालन गर्ने गरिएको छ । सोही कामका लागि नौ कठ्ठा जमिन खरिद गरेर उद्योग सञ्चालन गरिरहेको दिलमाया चेम्जोङले बताउनुभयो । उहाँले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार हाते कागजबाट धूप बनाइने भएकाले पातलो कागज बढी बिक्री हुने गरेको छ ।

सरकारी कार्यालयमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको पाइन्छ । बढी मात्रामा झापाको दमक, बिर्तामोड र धरान तथा पोखरामा यसको माग हुने गरेको उद्यमीको भनाइ छ । वार्षिक रु ४० लाख सम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा दश जनाले रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा केही उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको छ । आधुनिक प्रविधिको प्रयोग, कच्चापदार्थको सहज पहुँचलगायत व्यवस्था गर्न सके उद्योग थप प्रभावकारी र नाफामूलक बन्दै जाने उद्योगीको भनाइ छ ।

जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेशमा समेत जाने गरेको छ । सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग सहयोग गर्न नसकेको उनीहरूको भनाइ छ ।

यो कागजमा लेखिएको कुरा लामो समयसम्म पनि रहिरहने भएकाले यसको प्रयोग बढ्दै गएको छ । गाउँघरमा प्रशस्तै कच्चापदार्थ पाइने भए पनि मौसम अनुकूल नहुँदा उत्पादनमा समस्या भइरहेको उद्योगी बताउँछन् । सरकारलेले यस्ता उद्योग विस्तार तथा संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने उद्योगी फागोले बताउनुभयो ।

Tags: #राससइलामउद्योगसमस्यासीप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त
FEATURE BREAKING

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

इटहरी : ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’...

सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)
FEATURE BREAKING

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि...

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बिहीबार काेशीमा एकैदिन १२ सवारी दुर्घटनामा ३० जना घाइते

अशोज ९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानका एक पुरुष पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

कोशी प्रदेशमा सिमसार पर्यटन

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३
क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

क्यानबेरामा ‘गजल मुशायरा–२०२६’ सम्पन्न, जितेन्द्र मल्लको ‘शाजिक’ लोकार्पण

अशोज ९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.