दमक : झापाको दमक नगरपालिका २ मा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय कमल धिमाल रहेका छन् । धिमालले सोही स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post