Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

शुरु भयो ‘सत्य हरिश्चन्द्र’ को मञ्चन, चैत ३० सम्म हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०८०
in कला साहित्य, समाचार
0
शुरु भयो ‘सत्य हरिश्चन्द्र’ को मञ्चन, चैत ३० सम्म हुने
104
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : सत्य र असत्यबीचको दूरी कति ? धर्म र अधर्मबीचको अन्तर के ? नैतिकता र अनैतिकताबीचको पातलो रेखाको मापन कसरी गर्ने ? निष्ठाको बाटोमा हिँड्दा सुखद् अन्त्य कल्पना गर्न पनि नसकिने समय आइसकेको हो ?

जस्ता प्रश्नहरुमा विचार्न छाडिएको यो समयमा एउटा नाटक मञ्चन शुरु भएको छ । जुन हेरिसकेपछि दर्शक कम्तीमा ति यावत प्रश्नहरुमा केहि समय मात्र भएपनि घोरिन बाध्य हुन्छन् ।

राजा हरिश्चन्द्र पात्रलाई केन्द्रमा राखेर सत्यपथमा जस्तो सुकै कष्ट भएतापनि त्यसको अन्त्य सुखद् हुन्छ भन्ने सन्देश बोकेको नाटक ‘सत्य हरिश्चन्द्र’ विराटनगरको गुरुकुलले मञ्चन शुरु गरेको छ ।

सूर्य वंशका अठ्ठाइसौँ राजा रामचन्द्र भन्दा पैँतीस पिँढी पहिले त्रिशङ्कका पुत्र तथा शौभपुर नामक राज्यका राजाका रुपमा वर्णित राजा हरिश्चन्द्रको कथा हाम्रा शास्त्रहरुमा निकै प्रशिद्ध पनि छ ।

उक्त नाटक आजभन्दा करिब एक सय पचास वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेका हुन् ।

शिक्षण पेशा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले वि.सं. २०३३ सालमै नेपालीमा अनुवाद गरेको उक्त नाटक मञ्चनका हिसाबले अहिलेसम्म छायाँमा परिरहेको थियो । आधुनिक नाटकहरुमा भन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास सहित नाटक मञ्चन गरिएको निर्देशक दिपेश भण्डारीले बताए ।

‘करिब ५० वर्षअघि अनुवाद भएर थन्किएको अवस्थामा फेला परेको यो नाटक मञ्चमा प्रस्तुत गर्ने जमर्को गरेका हौँ’, निर्देशक भण्डारीले भने, ‘मानिसको नैतिक जीवनमा कतै न कतै सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ’ ।

शुक्रबारदेखि सुशीला कोइराला नाटकघरमा शुरु भएको नाटक चैत ३० गतेसम्म मञ्चन हुनेछ । १ घण्टा ४५ मिनेट अवधिको यो नाटकमा राजा हरिश्चन्द्रसँगै रानी शैव्या, भगवान ईन्द्र, नारदमुनी, विश्वामित्र लगायत पात्रहरु देखिन्छन् ।

केहि समयअघि अडिसन गरी कलाकार छनोट गरेर रिहर्सल थालेको गुरुकुलको यस नाटकमा प्रदिप दाहाल, दिक्षा मिश्र, सविन भट्टराई, रविन चिमरिया, आयुष प्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दिक्षा चौधरी, मनिष कुमार ठाकुर लगायतको अभिनय छ ।

भरत कार्कीको प्रकाश परिकल्पना, सविन भट्टराईको मञ्च परिकल्पना तथा सह निर्देशनमा तयार यस नाटक चैतको ३० गतेसम्म साँझ ५ः१५ बजे मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

Tags: आरोहण गुरुकुलकलानाटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
FEATURE BREAKING

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनलाई लिएर नेकपा (एमाले)भित्र देखिएको विवाद तत्कालका लागि शीर्ष नेतृत्वको तहबाट समाधान गर्ने सहमति भएको...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागू रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.