Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगरको चौतर्फी विकासमा महानगर गम्भीर छ : मेयर कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८१
in कला साहित्य, समाचार
0
‘विराट वाङ्मय उत्सव’ सुरु
130
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ ।

उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताए ।

‘विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ मेयर कोइरालाले भने, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।’

महानगरले सांस्कृतिक संग्राहालय स्थापनाको योजनासमेत अगाडि सारेको उनको भनाइ छ ।

उनले विगतमा विराटनगरलाई आर्थिक र राजनीतिको राजधानी भन्ने गरिएपनि अहिले त्यो अवस्था नरहेको उल्लेख गर्नुभयो ।

‘अब विराटनगरलाई कला र साहित्यिक राजधानी बनाउने हो कि ? शिक्षा र स्वास्थ्यको राजधानी बनाउने हो कि ? के बनाउने हो ?’ उनले प्रश्न गर्दै भने, ‘आखिर विराटनगरको अबको पहिचान के हो ? सबै मिलेर विराटनगरको छुट्टै पहिचान स्थापित गरौं भन्ने आग्रह गर्दछु ।’

भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, संस्कृति, कलाको पनि सँगसँगै विकास गरियो भने मात्रै विराटनगरको समग्र विकास हुने उनको भनाइ थियो ।

उद्घाटन सत्र कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्माले समाज रूपान्तरणमा साहित्यको अहम् भूमिका हुने बताइन् । सम्भाषण प्रस्तुत गर्दै शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुँदै गएको चर्चा गरिन् ।

उनले आफ्नो पालामा महिला कवि, साहित्यकार न्यून भएपनि पछिल्लो पुस्तामा यसको संख्या बढ्दो रहेको सुनाइन् ।

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो । ‘क्यानभासमा कविता’ नाम दिइएको उक्त सेसनमा विभिन्न जिल्लाका कविहरूले कविता वाचन गरे ।

कवि हरिभक्त कटवालको ‘रहर’ मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइँटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जेनी सुतेकी छे ! नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरवल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्यातिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ, बल्न देऊ’ रोमा निरौला र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गरे ।

उक्त कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, संजय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए ।

त्यसैगरी ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा बहससमेत आयोजना भयो । बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी रहेका थिए ।

पत्रकार महाप्रसाद खतिवडाले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गरेको ‘नेपाली भाषाको बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आ–आफ्ना धारणा राखे ।

हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी हुँदा सुमन लिङ्देनले सहजीकरण गरे ।

यसैगरी ‘भोलि बास्ने कवि’ : सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो । कवि मनु मञ्जिलले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गरे ।

यस्तै, ‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आमुन्नेसामुन्ने भए । उत्तः कार्यक्रमको सहजकर्ता कवि केजी सुब्बा रहेका थिए ।

पहिलो दिनको अन्तिम सेसनमा कविहरू सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गरे ।

दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण : परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Tags: #साहित्यआरोहणआरोहण गुरुकुलउत्सव
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको छ। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।...

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    514 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.