उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका ७ सिम्ले स्थितमा हावाहुरी र पानीसँगै आएको चट्याङले लागेर स्थानीय ५३ वर्षीय चन्द्री तामाङ परियारको मृत्यु भएको छ ।
अचानक हावाहुरी पानीसँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post