इलाम : इलाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–९ भञ्ज्याङमा चट्याङ लागेर स्थानीय ३६ वर्षीय सुनील गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बिहान साढे ६ बजेतिर पानी परिरहेका बेला परेको चट्याङले भान्सा कोठामा काम गरिरहेका गोलेलाई लागेको थियो ।
चट्याङबाट बेहोस भएका गोलेको उपचारका क्रममा इलाम अस्पतालमा केही बेरअघि अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post