Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘धर्म र सेवा प्रदान गर्नुपर्छ भन्ने ज्ञान दिन’ राष्ट्रिय माविमा रक्तदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०८१
in विविध, समाचार
0
‘धर्म र सेवा प्रदान गर्नुपर्छ भन्ने ज्ञान दिन’ राष्ट्रिय माविमा रक्तदान
108
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो ।

त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।

नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि बिरामी भएका व्यक्तिलाई नयाँ जीवन प्राप्त गर्ने र धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।

उनका अनुसार रक्तदान कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीयले गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

रक्तश्रापका बिरामी, प्रसूती, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ । वर्षातको समयमा विभिन्न विपत्ति सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।

मानव शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रूपमा हुने र खेर जाने रगत नियमित रूपमा रक्तदान गर्नुपर्ने ज्ञान पनि सानो कक्षाका विद्यार्थीलाई ज्ञान प्राप्त भएको रक्तदानमा सहभागी डिप्लोमा इन सिभिल इन्जिनियरिङ्की छात्रा डम्बरकुमारी कट्वाले बताइन् ।

रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी युथ ओपन क्रयूको संयुक्त आयोजनामा भएको थियो ।

सो क्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीको प्रमुख आथित्यतामा र विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी, राजनीतिक दलका नेतालगायतको उल्लेखीय सहभागिता रहेको थियो ।

रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी तरहराको अगुवाईमा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।

Tags: #रक्तदानराष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय माविशरण बस्नेत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    868 shares
    Share 347 Tweet 217
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    743 shares
    Share 297 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.