Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बूढीखोलाले बगाएका दुई महिला अझै बेपत्ता, प्रहरी भन्छ – ‘खोजी गरिरहेका छौँ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १२, २०८१
in टाकुरा विशेष, समाचार
0
बूढीखोलाले बगाएका दुई महिला अझै बेपत्ता, प्रहरी भन्छ – ‘खोजी गरिरहेका छौँ

पीडित परिवारको घरमा शान्तवना दिन भेला भएका स्थानीय तथा आफन्तजन ।

253
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सोमबार दिउँसो बूढीखोलाले बगाएका चारमध्ये दुई महिला अझै बेपत्ता छन् । एकजना भने पौडी खेलेर बाढीबाट बच्न सफल भएकी छन् भने एकजनाको इटहरी ४ स्थित गैरीगाउँमा शव फेला परेको थियो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीस्थित रामसरी चौधरीका तीन बुहारी र एक देउरानी माछा मार्न खोलामा गएको बेला बूढीखोलमा आएको बाढीले बगाएको थियो ।

३० वर्षीया फूला, २३ वर्षीया स्वस्तिका, २३ वर्षीया प्रेमकला र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको थियो ।

जसमध्ये प्रेमकलाको शव फेला परेको थियो भने स्वस्तिका भने बाढीबाट बाहिर निस्किएकी थिइन् । फूला र असरादेवी भने अझै फेला परेका छैनन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले खोजी कार्य भइरहेको जनाए । ‘हामीले हिजैदेखि खोजी कार्य गरिरहेका छौँ,’ उनले टाकुरासँग भने, ‘अहिले खनार क्षेत्रमा पनि खोजी भएपनि फेला पार्न सकिएको छैन ।’

निरन्तर वर्षाका कारण खोजी गर्नसमेत समस्या भइरहेको उनको भनाइ छ । डीएसपी कार्कीले भने, ‘निरन्तर पानी परिरहेका कारण पनि खोजी गर्न समस्या भइरहेको छ । हामीले हिजैदेखि विभिन्न क्षेत्रमा खोजी गरिरहेका छौँ ।’

बाढीबाट बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो ।

‘हरैँचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’ उनले भनिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो । त्यहाँ बीचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मारिरहेका थियौँ । एक्कासि उभोबाट बाढी आयो र बगायो ।’

उक्त परिवारका तीन छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने तीनै छोराहरू वैदेशिक रोजगारीमा थिए । रामसरीका जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदूरी गरिरहेका छन् ।

माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन् । उक्त घटनाले चौधरी परिवारमा असह्य बज्रपात परेकाले आफूहरूसमेत भावविह्ल अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।

भिडियो

यो पनि – जब रामसरीले सुनिन् ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो…’

यो पनि – बाढी आएको समयमा माछा मार्न खोज्दा निम्तिएको घटना : बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता

यो पनि – इटहरीको बूढीखोलाले मान्छे बगायो, एक युवतीको शव फेला

Tags: टाकुरा विशेषबेपत्ता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक...

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.