दमक : झापाको दमकमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा छोरीको मृत्यु भएको छ ।
दमक नगरपालिका–१ बरगाछीमा मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहनु भएकी काठमाडौँ घर भई हाल दमक १ मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनकी २ वर्षीया छोरी आरुसी मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सफारीको ठक्करबाट घाइते आमाछोरी दुवैलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । उपचारको क्रममा घाइते बालिका आरुसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शर्मिलाको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।
सिटी सफारी चालक दुर्घटना गरेर फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post