Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८१
in समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
69
SHARES
Share on FacebookShare on Twitter

झापा : तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।

“भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,” तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्षसमेत रहनुु भएको तिवारीले सुनाउनुभयो, “हामी चाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौं र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौँ ।”

गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे । एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अर्को गाउँका मानिसले हात्ती छेक्न घर र सडक छेउमा परालको आगो बाल्थे ।

गाउँका महिला हात्ती धपाउन घण्टी बजाउँदै अगरबत्ती बालेर पूजापाठ गर्न थाल्थे भने भने पुरुषहरु शङ्खध्वनी गुञ्जाउँथे । थोत्रे टिन, घण्टी सिठीको चर्को आवाज सुनेर हात्ती गाउँबाट भाग्थे । आगोको छेउछाउ नआउने हात्ती पुल्ठो बालेपछि तर्किएर जान्थे ।

हात्ती कतातिर जाँदै छन् भनेर चियो गर्न स्थानीयबासीले विभिन्न गौडाहरुमा अग्ला अग्ला मचान (टुङ) बनाउन थाले । सरकारले नै पक्की मचान बनाउन सहयोग दिन थाल्यो । पुराना मचानहरु बाहुनडाँगीको मेची किनारमा अहिले पनि छन् ।

समय क्रममा हात्ती धपाउने शैलीहरु बदलिए । तिवारीकै अनुभवमा टिनको आवाज र पुल्ठोको आगोसँग हात्ती डराउन छाड्यो । त्यसपछि हात्तीलाई धपाउन पटाका पड्काउन थालियो । बन्दुक पड्काउँदा महँगो र सरकारी अनुमति नपाइने हुँदा गाउँलेहरुले हात्ती धपाउन भारतबाट पटाका किनेर ल्याउन थाले ।

“बन्दुक पड्काउँदा हात्ती भाग्ने भएकाले हामीले तर्साउनका लागि ठूला आवाज दिने पटाकाको सहारा लियौं,” तिवारीले भन्नुभयो, “मान्छेहरुले जे उपाय लगाए पनि विस्तारै हात्तीहरु त्यसैमा अभ्यस्त हुन थाले । पटाका पड्काउँदा पनि भाग्न छाडेपछि अर्कै उपाय खोज्न बाध्य हुनुपर्यो ।”

बुद्धिमान प्राणी भएकाले हात्तीले अस्तित्व रक्षाका लागि परिस्थितिको सामना गर्ने उपाय निकाल्दोरहेछ रहेछ भन्ने मानिसहरुले बुझे । मेचीनगर नगरपालिका-४ का निरज घिमिरे भन्नुहुन्छ, “झापामा वर्षौदेखि मानव र हात्तीबीचको लखेट्याई खेल चलिरहेको छ । मानिसले हात्ती धपाउन निकालेका हरेक जुक्तिहरु केही वर्षको अन्तरालपछि निष्तेज हुने गरेको छ ।” भारतको पश्चिम बंगालस्थित विभिन्न आरक्षित जङ्गलबाट नेपाल प्रवेश गर्ने हात्तीको मुख्य गौडा नै बाहुनडाँगी हो ।

बाहुनडाँगीबाट प्रवेश गरेका हात्तीहरु झापाको सबैजसो क्षेत्रमा डुल्ने र क्षति पुर्याउने गर्छन् । कयौँ पुस्तादेखि जंगली हात्तीहरु भारतको आसाम, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशमा विचरण गर्दै आएका छन् । तीस वर्षमा हात्ती र मानवबीचको द्वन्द्वको अवस्था झन् बढेर गएको छ । उसबेला झापाको बाहुनडाँगी मात्र हात्तीको निशानामा थियो । अहिले जिल्लाका १५ वटै पालिकामा हात्तीले जनधनको क्षति पुर्याउने गरेको छ । मोरङ र सुनसरी जिल्लामा केही वर्षयता हात्तीले पुर्याएको क्षति कहालिलाग्दो छ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हात्तीको आक्रमणमा परी २०६७ देखि हालसम्म १५ वर्षको अवधिमा ६७ जनाको मृत्यु भएको छ । सोही अवधिमा २१ वटा हात्तीसमेत मारिएका छन् । जनधनको क्षति रोक्नका लागि अनेकन उपाय अवलम्बन गरिएका छन् । भारतबाट हात्ती पस्ने मुख्य गौंडाको रुपमा चिनिएको साविक बाहुनडाँगी अर्थात अहिलेको मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउनुहुन्छ ।

“जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिदै गएपछि हात्तीहरु मान्छेको बस्ती र खेतबालीमा पस्न थालेका हुन् भने आफ्नो आवास र उत्पादनमाथि धावा बोल्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरेका हुन्,” वडाध्यक्ष कार्की भन्नुहुन्छ, “अब पुरानो सोचबाट यो अस्तित्वको लडाई समाप्त हुँदैन । हात्ती त जनावर भयो । कसरी सहअस्तित्व कायम गर्ने भन्ने उपाय खोज्ने काम चेतनशील मानिसको जिम्मेवारी हो ।”

मानिसले हात्तीसँग झडपमा उत्रिने स्थितिको अन्त्य गर्दै हात्तीमैत्री नीति र कार्यक्रम अघि सार्नुपर्ने उहाँको धारणा छ ।

केही वर्षदेखि बाहुनडाँगीमा उहाँकै नेतृत्वमा प्रकृति संरक्षण, हात्ती धपाउन आधुनिक प्रविधिको प्रयोग र बिमामार्फत बाली क्षतिपूर्तिको व्यवस्थाका विभिन्न आशलाग्दा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौडाहरुमा हात्तीको आहार हुने बोटविरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको छ । बाहुनडाँगीमा जीपीएस प्रविधिमार्फत हात्ती प्रवेश गरेको सूचना दिने अत्याधुनिक प्रणाली जडान गरिनुका साथै साइरन बज्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएको छ । हात्तीको निगरानी गर्ने र स्थानीयबासीलाई सुरक्षा दिनका लागि आरआरटी नामक युवा दस्ता परिचालन गरिएको छ ।

“किसानहरुले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदैछौं,” वडाध्यक्ष कार्की भन्नुहुन्छ, “धान, मकै, तरकारी लगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिदैनन् । यो नै मानवीय क्षति रोक्ने अचुक उपाय हो ।”

विगत तीन वर्ष यता मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणमा मानवीय क्षति भएको छैन । गाउँले धुइरिएर हात्ती लखेट्ने चलन हटेपछि क्षति रोकिएको बाहुनडाँगीबासीको अनुभव छ । स्थानीय नगरपालिकाले पनि हात्तीमैत्री कृषि उद्यमका लागि अनुदान उपलब्ध गराउन थालेको छ ।

“बिगतमा हात्तीलाई आतङ्कको रुपमा व्याख्या गर्दै मानिसहरुले नियन्त्रणका लागि पुल्ठो बाल्ने, पटाका पड्काउने, सुरुङ खन्ने, हात्तीबार लगाउने, दलबलका साथ गस्ती गर्ने लगायतका सबै उपाय गरेकै हो,” उहाँ भन्नुहुन्छ, “हामीले अपनाएका उपायहरुमध्ये विद्युतीय तारबार र सहअस्तित्वका लागि हात्तीमैत्री नीति सबैभन्दा प्रभावकारी सावित भएका छन् ।”

प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार झापाको बाहुनडाँगीमा एक दशकअघि नै १८ किलोमिटर विद्युतीय घेराबेरा गरिएको छ । जसका कारण भारतबाट हात्ती आउन अधिकतम् मात्रामा रोकिएको दाबी छ । हाल बाहुनडाँगी, जलथल र चारआली जङ्गलको वरिपरि ७६ किलोमिटर लामो विद्युतीय तारबार सम्पन्न भइसकेको छ ।

यसमा राज्यले १२ करोडभन्दा बढी नै लगानी गरिसकेको छ । जङ्गली हात्तीको आक्रमणबाट मानव वस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उहाँले झापामा जङ्गल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।

हात्तीसँगको तीन दशक लामो द्वन्द्वमा मानिसले हात्तीलाई मारेर होइन, मैत्रीपूर्ण व्यवहार गरेर क्षति रोक्न सकिन्छ भन्ने पाठ सिकेको छ । पहिले मानिसहरु हात्तीलाई मारेर समस्याको समाधान हुन्छ भन्ने सोच राख्दथे । तर, अहिले जंगलमै रहनका लागि आहारको व्यवस्था गर्न हात्तीलाई मनपर्ने बोटविरुवा लगाउन समुदाय नै जुट्न थालेका छन् ।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित सात महिनाअघि झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गर्नुभएको थियो ।

उहाँले हात्ती हिंड्ने क्षेत्रलाई करिडोरको रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने नयाँ अवधारणा अघि सार्नुभएको थियो । हात्तीलाई जङ्गलमा आहार जुटाउन अर्जुनधाराको खुदुनाबारीस्थित जुकेखाँडी समुदायिक वनले २० हजार फलफूलका विरुवा हालै जंगलमा रोपेको छ ।

स्थानीय समुदायसमेत हात्ती मैत्री उपायहरु अवलम्बन गर्दै मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा सहमत हुन थालेका छन् । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल हात्तीमैत्री कार्यक्रमका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुहुन्छ ।

हात्तीको नजिक गएर नजिस्काएसम्म उसले कहिल्यै आक्रमण नगर्ने जनाउँदै उहाँले आहारको खोजीमा बाध्य भएर जंगली जनावरहरु मानववस्तीमा पस्ने गरेको बताउनुभयो ।

नेपालको सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा बाहुनडाँगीको चर्चा हुन थालेको चार दशक भइसक्यो । सडकदेखि सदनसम्म बाहुनडाँगीबासीलाई कसरी हात्तीको आक्रमणबाट जोगाउने भनेर उपाय खोजिन्छ । मानव-हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बाहुनडाँगीले अब हात्तीलाई माया गर्न थालेको छ । जसका कारण मानव र हात्ती दुबै सहअस्तित्वमा रम्ने वातावरण बनेको छ ।  

Tags: #झापा#रासस#हात्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.