धरान : राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।
सोमबार भएको जिल्ला अधिवेशनबाट विश्वकर्मालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो । उनको अध्यक्षतामा ९ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रतीक्षा बिशुंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्षमा विवश लामगादे चयन भएका छन् । सदस्यहरूमा नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार रहेका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा कार्यवाहक अध्यक्ष नवीन रम्तेल सभाध्यक्ष रहेका थिए भने सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन केडी लगायतको उपस्थिति थियो ।












Discussion about this post