Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८१
in समाचार
0
खोटाङ : छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा
150
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रूपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि २४ सै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।

स्थानीय केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले सेन्टरको औपचारिक रुपमा उद्घाटन गरे । करिब पाँच वर्ष लगाएर स्थापना गरिएको फ्युल सेन्टरको औपचारिक उद्घाटन गरिएलगत्तै नियमित सेवासमेत प्रवाह गरिएको सञ्चालक सञ्जिव थापाले जानकारी दिए।

औपचारिक रुपमा सञ्चालन गरिएको फ्युल सेन्टरमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ४० पैसा तथा डिजेल प्रतिलिटर १५९ रुपैयाँ ३० पैसामा बिक्री वितरण सुरु गरिएको छ ।

पाँच वर्षअघि (विसं २०७६ जेठ–२८ गते) नेपाल आयल निगमबाट स्वीकृति लिएर स्थापना गरिएको फ्युल सेन्टरले पेट्रोल र डिजेल दुवैमा चार/चारवटा नुजल जडान गरेर एउटै समयमा चारवटा सवारी साधनमा पेट्रोलियम पदार्थ वितरण सुरु गरेको हो ।

फ्युल सेन्टर स्थापनाका लागि जग्गा खरिदमा रु दुई करोड, घडेरी सम्याउन तथा पर्खाल निर्माणमा रु एक करोड, ट्रस निर्माणमा रु एक करोड, ट्याङ्की निर्माणमा रु २५ लाख, मेसिन खरिदमा रु ३० लाख, घर निर्माणमा रु ३५ लाख तथा अन्य संरचना निर्माणमा रु ९० लाख खर्च भएको लगानीकर्ता केशव थापाले जानकारी दिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘खोटाङ फ्युल सेन्टर’सँगै दुईवटा फ्युल सेन्टर भएका छन् । ‘खोटाङ फ्युल सेन्टर’ रहेको स्थानभन्दा करिब ३०० मिटर टाढा स्थानीय महेन्द्र राई र ध्रुब श्रेष्ठको संयुक्त लगानीमा सात वर्षअघि हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको थियो ।

हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले प्रयाप्त पेट्रोल वा डिजेल उपलब्ध गराउन नसक्दा जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदारहरू आफूलाई आवश्यक पर्ने डिजेल तथा पेट्रोल खरिद गर्न ठूला शहर पुग्नुपर्ने बाध्यता थियो ।

आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको खोटाङ फ्युल सेन्टर सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारीसमेत रोकिने अपेक्षा गरिएको छ ।

Tags: #खोटाङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.