झापा: आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ३ जुङ्घेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
वीर बहादुरले अर्जुनधारा नगरपालिका ३ दार्जिलङ डाँडा स्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post