पाँचथर : पाँचथरमा आगलागीबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएका छ ।
घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको हो ।
उनको काठमाडौँस्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईको घरमा मंगलबार अपराह्न सवा ४ बजेतिर आगलागी भएको थियो ।
आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका उनलाई बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत कीर्तिपुर पठाइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post