धरानमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन थालेको छ ।
आज विहान मात्रै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा नं १५ मा १९ बर्षको महिला र ३९ बर्षको महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, वडा नं १९ मा ३९ बर्षको पुरुष, वडा नं १७ मा ३९ बर्षकी महिला, वडा नं ९ मा २४ बर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, वडा नं १० मा ५० बर्षकी महिला र ७७ बर्षकी महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ भने वडा नं १८ ठेगाना लेखिएको ३० बर्षको पुरुष र २७ बर्षकी महिलामा पनि संक्रमण देखिएको छ ।














Discussion about this post