Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : सडन डेथमा दमकलाई पराजित गर्दै लोहोरुङ फाइनलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०८१
in खेलकुद, समाचार
0
स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : सडन डेथमा दमकलाई पराजित गर्दै लोहोरुङ फाइनलमा
101
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सोमबार भएको पहिलो सेमिफाइनल खेलमा दमक एकेडेमी झापालाई सडन डेथमा पराजित गर्दै लोहोरुङ फुटबल क्लब संखुवासभा फाइनलमा प्रवेश गरेको छ ।

सडन डेथमा लोहोरुङका लागि मिलन लिम्बू र विदेशी खेलाडी अरमन्द बिएडोमले १–१ गोल गरे । दमकका लागि रोशन तामाङले १ गोल गर्दा रोशन धिमालको प्रहार पोस्टबाहिर गयो ।

निर्धारित समयमा १–१ गोल बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको १६ मिनेटमा दमकका लागि गौरव धिमालको कर्नरमा किस्मत लिम्बूले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि दबाबमा परेको लोहोरुङका लागि खेलको ६७ औँ मिनेटमा दोर्जे तामाङले जवाफी गोल गरे ।

बराबरीमा गएपछि रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट पटकपटक अवसर प्राप्त भएपनि गोल गर्न सकेनन् । खेल बराबरीमा गएपछि टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा लोहोरुङका लागि दोर्जे तामाङ, हेमन लिम्बू, धीरेन क्षेत्री, चरी लिम्बू र विदेशी खेलाडी बेफोरले गोल गरेका थिए । दमकका लागि आशिष लावती, अनुप सिवा, गौरव धिमाल, रोशन थाम्सुहाङ र किस्मत लिम्बूले गोल गरे ।

खेलको म्यान अफ दि म्याच लोहोरुङका जीवन लोहोरुङ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार मंगलबारको अन्तिम सेमिफाइनल खेल केराबारी फुटबल क्लब मोरङ र सिंहदेवी फुटबल क्लब धनकुटाबीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्ने सुब्बाले जनाए । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद पाँच हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।

Tags: #खेलकुदगोल्डकपद योङ ब्रदर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.