इटहरी : आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का लागि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ ।
आज (मंगलबार) निर्वाचन समिति संयोजक सञ्जीवकुमार यादवले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । जसअनुसार चार हजार पाँच ४९ जना मतदाताको नामावली प्रकाशन भएको छ ।
फागुन २५ गते प्रकाशित मतदाता नामावली उपर कुनै दाबी विरोध नपरेकाले उक्त नामावली नै अन्तिम मतदाता नामावली रहेको यादवले जानकारी दिए ।
निर्वाचन तालिकाअनुसार मंगलबार साँझदेखि नै निर्वाचनको बाँकी प्रक्रिया अगाडि बढाइएको छ ।
जसअनुसार उम्मेदवारका लागि मनोनयन पत्र वितरण (प्रत्यक्ष र समानुपातिक) ७ बजेसम्म, प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने ७ बजेदेखि ९ बजेसम्म समय तोकिएको छ ।
यसैगरी दुवैतर्फमा उम्मेदवारको नामावली प्रकाशन गर्ने मंगलबार राति ९ः३० बजे, दाबी विरोधको समय बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म, दाबी विरोधउपर छानबिन बुधबार ५ बजेसम्म तोकिएको छ ।
यस्तै, उम्मेदवारले नाम फिर्ता लिने बिहीबार ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बिहीबार ११ः३० बजेसम्म मिति तय भएको छ ।
खासगरी त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो ।
सोअनुसार निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले असन्तुष्टि जनाउँदै निर्देशिका विपरीत निर्वाचनमा सहभागी हुन माग राखेपछि चुनावी प्रक्रिया प्रभावित बनेको थियो ।
यस्तो छ नामावली
Discussion about this post