तरहरा : फागु पूर्णिमा (होली) पर्व भव्य रूपमा मनाइएको छ । बिहीबार हिमाली तथा पहाडी जिल्लामा मनाइएको होली शुक्रबार तराईमा मनाइयो ।
एकापसमा विभिन्न रङ्ग दलेर मनाइने यो पर्वले भाइचारा सम्बन्ध स्थापित गर्नेसमेत विश्वास गरिन्छ । यसैबीच इटहरी २० तरहरामा होली पर्व मनाइएको छ ।
तरहरा जेसीजको आयोजनामा एक कार्यक्रमको आयोजना गरी पर्व मनाइयो ।
भिडियो
नेपाल जेसीजकी अध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चर्चित गायक राजनराज शिवाकोटीले प्रस्तुति दिए ।
उनले आफ्नो चर्चितमध्ये करिब एक दर्जन गीत गाएको तरहरा जेसीजका अध्यक्ष सुमन दाहालले बताए ।
फोटोफिचर
Discussion about this post