Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

स्ववियु : महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवार प्रशानलाई प्रश्न – तपाईँ नेतृत्वको प्यानललाई किन भोट हाल्ने ? (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८१
in अन्तर्वार्ता, समाचार
0
स्ववियु  : महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवार प्रशानलाई प्रश्न – तपाईँ नेतृत्वको प्यानललाई किन भोट हाल्ने ? (अन्तर्वार्ता)

प्रशान राई ।

205
SHARES
Share on FacebookShare on Twitter

महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुको संयुक्त प्यानलबाट प्रशान राई सभापतिको उम्मेदवार छन् ।

अघिल्लो स्ववियु चुनावमा सहसचिव पदमा विजयी प्रशान विद्यार्थी आन्दोलनहरूमा अग्रणी रहँदै आएका छन् ।

राजनीतिशास्त्रमा स्नातक तहका विद्यार्थी राई नेविसंघ क्याम्पस इकाई उपसभापति हुन् । धरान १८ का स्थानीयवासी प्रशानसँग स्ववियु निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश

स्ववियु सभापतिको उम्मेदवारको रूपमा तपाईँका एजेण्डा के–के हुन ?

हामीले एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने, आश्वासन बाँड्ने, भ्रम पार्ने कुनै कुरा गरेका छैनौँ । हामी विद्यार्थीका हरेक समस्याबारेमा जानकार छौँ । हाम्रो क्याम्पसमा रहेका स–साना समस्याहरू हाम्रा प्राथमिकता हुन् । हाल क्याम्पसमा पिउने पानीको फिल्टर छ ।

तर, बिग्रिएर मर्मत नभएको धेरै भयो । त्यसको सुधारमा पहल गर्नेछौँ । क्याम्पसमा भएको बस सदुपयोग हुन सकेको छैन । इ–लाइब्रेरीको पहललाई प्रभावकारी बनाउँछौँ ।

हाल महेन्द्र बहुमुखी क्याम्पसमा समाधान हुन नसकेका शैक्षिक समस्याहरू के–के छन् ?

हाम्रो क्याम्पसका धेरै शैक्षिक समस्याहरू विद्यार्थीहरूबीच जगजाहेर नै छ । शिक्षकहरू समयमा कक्षामा नआउने गुनासो धेरै छ । पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरूको अभाव त्यसप्रति हामी गम्भीर छौँ । क्याम्पसका प्रत्येक कक्षामा स्मार्ट बोर्ड लगाउनुपर्ने कुरामा नयाँ स्ववियुले पहल गर्नेछ ।

धरान बाहिरबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूले कस्तो समस्या भोगिरहेका छन् ?

यहाँ अध्ययनका लागि आउनुहुने विद्यार्थी साथीहरूको समस्याबारे मलाई राम्रो अवगत छ । अध्ययन गर्न आउने विद्यार्थीलाई विशेषगरी कोठा भाडाको समस्या छ । कलेज नजिक कोठा पाउन मुस्किल छ । त्यस समस्यामा उहाँहरूलाई सहजता बनाउने कार्यमा नयाँ स्ववियुले प्राथमिकता दिनेछ । एलएलबी लगायत अन्य शंकायमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अनलाइन कक्षाको व्यवस्था गर्नेछौँ । धरान बाहिरबाट बसमा आउने विद्यार्थीले बसमा यात्रा गर्दा बसमा सहुलियत नपाएको गुनासो समाधान गर्न जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गर्न सुरू गरेका छौँ ।

क्याम्पस भित्रका समस्याहरू समाधान गर्न तपाईँको प्यानलसँग कस्ता उपायहरू छन् ?

क्यापसका भौतिक एवम् शैक्षिक समस्याहरू क्याम्पस प्रशासनसँग सम्बन्धित छन् । हरेक समस्याका समाधानका लागि प्रशासनसँगको निरन्तर समन्वय, दबाब र खबरदारी गर्दै अगाढि बढ्ने छौँ ।

विद्यार्थीहरूले तपाईँ नेतृत्वको प्यानललाई किन भोट हाल्ने ?

हामी विद्यार्थीका समस्याबारे जानकार र भुक्तभोगी छौँ । हामीले हरेक कक्षामा गएर विद्यार्थीका समस्याहरू टिपोट गरेका छौँ । हामी हरेक दिन विद्यार्थीको हक हितमा काम गर्न लागी पर्ने छौँ ।

हाम्रो प्यानलका साथीहरूले कुनै स्वार्थ र दम्भ नराखी विद्यार्थीको पक्षमा कार्य गर्नेछन् । हामीलाई स्ववियुमा जिताएपछि कुनै एक सङ्गठनको होइन, सबै विद्यार्थीको साझा स्ववियु बनाउने प्रतिबद्धता गर्दछौँ । धरानको गहनाको रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुरक्षित भौतिक पूर्वाधार निर्माणमासमेत पहल गर्नेछौँ ।

तपाईँहरूका एजेण्डा कसरी विद्यार्थीहरू माझ पुर्याउदै हुनुहुन्छ ?

हामीले हाम्रा प्रतिवद्धताहरू चार हजार विद्यार्थीमाझ पुर्‍याउन व्यक्तिगत रूपमै भेटघाट गर्ने, फोनबाट जानकारी गराउने, फेसबुक पेजबाट जानकारी गराउने, ह्वाट्स्एप ग्रुपमार्फत पनि सम्पर्कमा रहेर जानकारी आदानप्रदान गर्दैछौं ।

स्ववियु निर्वाचनमा क्याम्पस प्रशासनले कसरी कार्य गरिरहेको छ ?

क्याम्पस प्रशासन शान्तिपूर्ण तवरले निर्वाचन गर्न लागी परेको महसुस गरेका छौँ । विद्यार्थीलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने, अन्य आवश्यक तयारी गरिरहेको पाएका छौँ । सबै सङ्गठनहरू सँग समन्वय गर्दै सौहार्दपुर्ण वातावरणमा निर्वाचन गराउन काम गरिरहेको अनुभव गरेका छौँ ।

Tags: अन्तर्वार्ताप्रशान राईस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा
समाचार

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

इटहरी : गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक तालिममा प्रशिक्षकको काम दिलाउन पदको प्रभाव प्रयोग गरेको र त्यसबापतको रकम आफ्नै छोराको बैंक...

झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

तपाईँको भाग्य कस्तो रहला आजको दिन ? आजको राशिफल

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.