झापा : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ ।
उक्त रकम गत आर्थिक वर्ष २०८०–०८१ को सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०–०८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
गत आर्थिक वर्षभन्दा राजस्व सङ्कलन बढे पनि चालु वर्षको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत ६ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।
अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए ।
Discussion about this post