इटहरी : सुनसरीमा करेन्ट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको भोक्राहा–नरसिंह गाउँपालिका–६ साहु टोलकी चन्दा साहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो।
स्थानीय सुदीप साहकी छोरी चन्दाको सिटी सफारीबाट करेन्ट लागेको थियो ।
चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post