सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा रहेको ईदगाहमा ‘ईद-उल-फित्र’ (ईद)को तयारी पूरा भएको छ ।
यस वर्ष भुटाहा ईदगाहमा ‘ईद-उल-फित्र’ (ईद) को नमाज सोमबार बिहान साढे ८बजे हुने ईदगाह समितिका उपाध्यक्ष सेराज फलाहीले जानकारी दिए ।
उनका अनुसार आइतबार रमजान महिनाको २९ ‘रोजा’ अर्थात व्रत पूरा भएपछि इस्लाम धर्मावलम्वीहरूले सोमबार ईद पर्व देशभर मनाउनेछन् ।
मुस्लिम समुदायले ‘ईद-उल-फित्र’को नमाज सामूहिक भेला भई मस्जिद, ईदगाहमा पढ्ने गर्छन् ।
ईदको नमाज पढेपछि एकअर्कालाई अङ्कमाल गर्दै खुशी साटासाट गरी विभित्र परिकार खाएर उक्त पर्व मनाउने गरेका छन् ।
Discussion about this post