विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा दुर्व्यसनविरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम प्रथम समूहको समापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा समापन तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । सम्बोधनको क्रममा उनले अबको युद्ध दुर्व्यसनविरुद्द भन्ने सन्देशका साथ अभियान चलाउनुपर्ने बताए ।
गत फागुन २८ गतेबाट इटहरीमा मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएर कोशी प्रदेशभरी प्रभावकारी रूपमा सञ्चालन भइरहेको लागूऔषध दुर्व्यसनविरुद्दको अभियानलाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण दिइएको अधिकारीले बताए ।
लागूऔषधको प्रयोग तथा ओसारपसारका कारणबाट भएको अपराधका घटनाको विश्लेषण गर्दै समाजमा हुने अपराधका घटनाहरू न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा विद्यालय तथा समुदायस्तरमा लागूऔषध दुर्व्यसनीविरुद्द प्रभावकारी रूपमा सचेतना प्रदान गर्न र युवा वर्गलाई समेत प्रशिक्षण दिन आवश्यक रहेको उनको भनाइ छ ।
Discussion about this post