पाँचथर : पाँचथरमा डढेलोमा परेर दुईको मृत्यु भएको छ ।
बिहीबार अपराह्न फिदिम नगरपालिका १३ जोबारीस्थित वनमा लागेको डढेलोमा फस्दा फिदिम नगरपालिका १३ की ४७ वर्षीय उषाकला राई नेम्वाङ र कुम्मायक गाउँपालिका ३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कुम्मायक–३ ताम्राखु जंगलमा लागेको डढेलोमा परी दुवैजना गम्भीर घाइते थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post