इटहरी : झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ ।
झापाको कनकाई नगरपालिका १ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी इलामको माई नगरपालिका ८ का ४६ वर्षीय मदनकुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post