विराटनगर : कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् ।
सामान्य ढंगले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए ।
कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको एक लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए ।
खत्रीले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
‘विवाह दुई परिवारको आफन्तमात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’














Discussion about this post