धरान : सामुदायिक वनको रूख काटेको आरोपमा धरानका मेयर हर्क साम्पाङविरूद्व जाहेरी परेको छ ।
डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरू गरेको हो । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जङ्गलमा रूख काटेका थिए ।
मेसिन प्रयोग गरेर आफैले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो ।
चैत्र १९ गते मेसिन प्रयोग गरेर रूख काटेको जाहेरी डिभिजन वन कार्यालय सुनसरीमा परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेश कुमार शाह संयोजक छन् ।
यस्तै, पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फूलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले जानकारी दिए ।














Discussion about this post