इटहरी : कोशी प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयमा अब अनलाइन भुक्तानी हुने भएको छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सोमबार (आज) इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।
प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयहरूमा अनलाइन भुक्तानी सेवा सुरू गर्ने क्रममा इटहरीमा रहेको कार्यालयबाट सेवा सुरू गरिएको मन्त्री भण्डारीले बताए ।
अनलाइन भुक्तानी सेवा सुरू गरिएपछि सेवाग्राहीलाई लाइन बसेर भुक्तानी गर्नुपर्ने झन्झटिलो अवस्था नहुने उनले बताए ।
अब कोशी प्रदेशका यातायात कार्यालयमा सेवाग्राहीले स्वयम् आफ्नो काम सहज रूपमा गर्न सक्ने जिकिर गरे ।
यातायात व्यवस्था कार्यालय कोशी अन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर र ओखलढुङ्गा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ ।
Discussion about this post