Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान आएर भिजिट भिसा प्रकरणबारे गगन थापाले भने – ‘हाम्रा मान्छे कोही पर्छ भनेर सडकमा रुवाबासी गर्नुहुँदैन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८२
in समाचार
0
धरान आएर भिजिट भिसा प्रकरणबारे गगन थापाले भने – ‘हाम्रा मान्छे कोही पर्छ भनेर सडकमा रुवाबासी गर्नुहुँदैन’
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धरान आएर भिजिट भिसा प्रकरणबारे बोलेका छन् ।

कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भिजिट भिसा प्रकरणबारे बोलेका हुन् ।

‘भ्रष्टाचारको विषयले गर्दा, काण्डै–काण्डले गर्दा नागरिकहरुमा यति धेरै फ्रस्टेसन भएको छ कि देश सबै काण्डै–काण्डमा डुब्यो भन्ने लागेको छ,’ थापाले सम्बोधनका क्रममा भने, ‘यी कुराहरू आइरहँदा नेपाली कांग्रेस पार्टी कसरी बुझ्ने ? यसबारे चिन्तन गर्ने यो बारे छलफल गर्नुपर्ने भएको छ ।’

कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकको विषयमा उनले आफ्ना धारणा सार्वजनिक गरे ।

‘यसभन्दा अगाडि नक्कली भुटानी शरणार्थीको प्रकरण आयो । अहिले भिजिट भिसा प्रकरण आएको छ । हामीले पार्टीको तर्फबाट हिजो पनि भन्यौँ कि, कुनै पनि सार्वजनिक पदमा बसेको मानिसले कुनै पनि गलत काम गर्छ, अख्तियारको दुरुपयोग गर्छ, देश र जनताको अहित हुने काम गर्छ, आफ्नो निजी सम्पत्ति बढाउने काम गर्छ अख्तियारको दुरुपयोग गरेर भने दण्डनीय हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘दण्ड पाउँदै गर्दा यो, त्यो, तेरो, मेरो, दायाँ, बायाँ हुनुहुन्न । निर्दोष कोही पर्नुहुन्न, दोषी कोही फस्नुहुन्न । कांग्रेसको हिजो, आज र भोलिको धारणा यही हो ।’

राज्यको जिम्मेवारी लिने निकायले नै अख्तियारको दुरुपयोग गर्नु अशोभनीय र अकल्पनीय रहेको उनले बताए ।

‘कांग्रेस, एमाले, माओवादी चाहे नयाँ पार्टी वा पुरानो पार्टीको पर्छ । मेरो घरको सहोदर भएपनि गलत गरेको छ भने त्यो अपराध हो, त्यसले सजाय पाउनुपर्छ । यो प्रकरणको सन्दर्भमा नेपालको एउटा नागरिक नेपाल छाडेर बाहिर जाँदै गर्दा अन्तरािष्ट्रय विमानस्थलमा ठगीमा पर्ने कुरा फाट्टफुट्ट सुनेका छौँ । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’ उनले भने ।

खासगरी नागरिकको संरक्षण र सुरक्षा गर्नुपर्ने राज्यको निकायबाटै आम मानिस पीडित भएको कुराले पार्टी स्तब्ध भएको थापा बताउँछन् ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धानले छानविन थालेको र अनुसन्धान नटुंगिएसम्म कसैलाई दोषी भन्न नमिल्ने उनी बताउँछन् ।

‘यस्तो कुकृत्य गर्ने एकजनाले पनि छुट पाउनुहुन्न । जहिलेदेखि सुरु भएको छ, सबै दोषीले सजाय पाउनुपर्छ । संवैधानिक निकाय (अख्तियार)ले शक्तिको भक्ति नगरी निर्भीक भएर, भीडले के भन्छ भनेर भीडले गरेको निर्णय सुनाउने होइन । कहिलेदेखि सुरु भएको जरा, हाँगा, बिँगा पत्ता लगाएर एक–एक फाइल पल्टाएर एउटा–एउटा दोषीले सजाय पाउनुपर्छ,’ थापाले भने, ‘यसमा हाम्रा मान्छे कोही पर्छ भनेर सडकमा रुवाबासी गर्दैनौँ, गर्नु पनि हुँदैन । गलत गरेको छ भने सजाय पाउनुपर्छ ।’

राज्यको कुनै पनि निकायबाट अख्तियारको दुरुपयोग भएमा त्यो अनुसन्धान गर्न नै अख्तियार दुरुपयोग अनुसन्धान बनाएको उनले उल्लेख गरे । थापाले भने, ‘अहिले पनि सयौँ माथि अनुसन्धान भइरहेको छ, जुनसुकै विषयमा जो सुकै दोषी पाइए कारबाही हुन्छ ।’

गृहमन्त्री लेखकप्रति इङ्गित गर्दै उनले अनुसन्धानको दायरामा जो सुकै मन्त्री आएपनि जिम्मेवारीबाट अलग रहनुपर्नेमा पार्टी दृढ रहेको बताए । अहिले बाहिरिएको भिजिट भिसाको प्रकरण अमानवीय, अक्षम, अपराध रहेको थापाले बताए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसगगन थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ। नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1115 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.