इटहरी : सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका अनुसार बिहीबार दिउँसो उद्धार अभ्यासका क्रममा बेपत्ता भएका जवानहरूमध्ये झापाका हरिदेव राजवंशीको शव आज (शुक्रबार) बिहान फेला परेको हो।
शव घटनास्थल नजिकैको कोशी नदीको भागमा डुबेको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।
राजवंशी बिहीबार दिउँसो अभ्यासका क्रममा पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत जवान सुरज साउदसँगै बेपत्ता भएका थिए।
सुरज साउदको खोजी कार्य भने अझै जारी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
यो पनि – सप्तकोशीमा बेपत्ता दुई गोताखोरको खोजीका लागि पाँच सदस्यीय उद्धार टोली परिचालन
यो पनि – विपद् व्यवस्थापनको पूर्वअभ्यासका क्रममा कोसी ब्यारेजमा दुई गोताखोर बेपत्ता












Discussion about this post