इटहरी : विपद् व्यवस्थापनको पूर्वअभ्यासका क्रममा सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा दुई जना गोताखोर बेपत्ता भएका छन्।
बिहीबार दिउँसो सशस्त्र प्रहरी बलका दुई जना गोताखोर अभ्यासमा सहभागी भइरहँदा बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरीको एक टोली शुक्रबारका लागि तय गरिएको मनसुनजन्य विपद् व्यवस्थापन अभ्यासको तयारीस्वरूप कोसी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गरिरहेको थियो।
सोही क्रममा दुई जना गोताखोर नदीमा बेपत्ता भएको जनाइएको छ।
घटनापछि सुरक्षाकर्मीहरूले उनीहरूको खोजी कार्य तीव्र पारेका छन्। तर, यसबारे हालसम्म सप्तरी जिल्ला प्रशासन कार्यालयले औपचारिक जानकारी दिएको छैन।














Discussion about this post