Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

आरोहण गुरुकुलको आयोजनामा विविध कार्यक्रम गर्दै विराट वाङ्मय उत्सव सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८२
in कला साहित्य, समाचार
0
आरोहण गुरुकुलको आयोजनामा विविध कार्यक्रम गर्दै विराट वाङ्मय उत्सव सम्पन्न
79
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा विराट वाङ्मय उत्सव–२०८२ सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुई दिने वाङ्मय उत्सव सम्पन्न भएको हो ।

उत्सवको पहिलो दिन मेरो स्वरः हाम्रो आवाजअन्तर्गत कविता वाचनमा करिना थलङ लिम्बू, मुकुन्द प्रयास, गोठकृष्ण ठकुरी, गगन योक्पाङ्देन, विराट किराती, विष्णु काफ्ले, सन्देश सुब्बा, सेन्लप, करुणा राई, मनोज मुस्किल, मुनाराज शेर्मा, भीम विरही राई, डोमी कामत, सीता थुलुङ, विष्णु न्यौपानेले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।

कार्यक्रमको सहजीकरण कवि बद्री भिखारीले गरेका थिए । त्यस्तै, पत्रकार सुजाता लिम्बूले सहजीकरण गरेको हाम्रो भाषाः हाम्रो पहिचान शीर्षकमा साङसेन पन्धाक, कर्ण सञ्जय र श्रीशिशा राईले बहस गरे ।

विराट वाङ्मय उत्सवअन्तर्गत पहिलो दिन अमित थेबेले सहजीकरण गरेको साहित्यको सामाजिकता सत्रमा साहित्यकार खेम नेपाली, लीला अनमोल र हेमन यात्री प्रस्तुत भए ।

संस्मरणमा तथ्य र काल्पनिकी सत्रमा कृष्ण बराल, प्रकाश थाम्सुहाङ र अस्मिता विष्टले बहस गर्दा सुनिता तामाङले सहजीकरण गरिन् ।

टेकेन्द्र अधिकारीले सहजीकरण गरेको सिर्जना सँगसँगै साहित्य र साहित्यिक संस्था सत्रमा मिश्रा गुरुङ, रामबाबु दाहाल र प्रकाश दिप्सालीले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

त्यस्तै, कवि शुभलक्ष्मी लम्सालले सहजीकरण गरेको मेरो स्वरः मेरो आवाज सत्रमा कवि मनु मञ्जिल, देवान किराती, दिलकुमार बुढाथोकी, जेबी निखुन्त, रोहिणी रसिक, हरि कट्टेल, भरत गुरागाईं, सम्झना असफल, रञ्जना भट्टराई, विरही अधिकारी, पुष्पा बोगटी, लक्ष्मी रायमाझी खड्काले कविता वाचन गरे ।

दोस्रो दिनको पहिलो सत्रमा कवि मञ्जुश्री गिरी, जमुना पौडेल, वासु गौतम, पुष्पा सायरा, सिजन श्रेष्ठ, तीर्थराज विश्वकर्मा, उमेश लुइँटेल, चूडामणि नेपाल अकिञ्चन, सुन्दर कुरुप, एकु घिमिरे, किरण शिवाले मेरो स्वरः हाम्रो आवाज शृंखलामा आ–आफ्ना सशक्त कविता प्रस्तुत गरेका थिए । उक्त सत्रको सहजीकरण कवि केजी सुब्बाले गरे ।

संस्कृति रिजालले सहजीकरण गरेको विद्यालयमा सिकाइ र सिर्जना सत्रमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्ेल, कवि टीका आत्रेय र यादव प्रधान प्रस्तुत भए । दोस्रो दिनको तेस्रो सत्रमा नवयुगः नवआवाजमा विवेक धिमाल, सविता फागो, सुजता बस्याल प्रस्तुत भए ।

प्रदीप योङहाङले सहजीकरण गरे । दीपा दाहालले सहजीकरण गरेको अनुवादका अड्चन सत्रमा चन्द्र गुरुङ र सुदीप पाख्रिनले आ–आफ्ना धारणा राखे ।

गीतका गुञ्जनः संगीतका सूरमा कुशेश्वर राई, राजु केसी र शैलेन्द्र खतिवडा प्रस्तुत हुँदा चोमु शेर्पा चुक्टेले सहजीकरण गरिन् ।

कवि सीमा आभासले सहजीकरण गरेको बालकृष्णको विरासतमा इच्छापूर्ण राई, हरि बराल र प्रा.डा. भीम खतिवडाले बहस गरे । अग्रज साहित्यकार एवं पत्रकार केशव आचार्यले सहजीकरण गरेको गजल गुञ्जनमा तारा दिप्साली, अञ्जु पराजुली, बविता भुजेल, शिव प्रणत, अनन्त अनुराग, सुरेश सुवेदी, कृष्ण काश्यप, सुमन रेग्मी, विवश बलिभद्र कोइरालाले गजल सुनाए ।

विराट वाङ्मय उत्सवअन्तर्गत वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरुको संग्रह ‘नदीकिनाराको पूर्णिमा’ र युवाकवि रमेशचन्द्र अधिकारीको ‘माझीहाडाम’ कवितासंग्रह विमोचन गरिएको थियो । कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले सम्पादन गरेको ‘काव्यारोहण’ पनि विमोचन गरियो ।

गुरुकुलले आयोजना गरेको कवितावाचन शृंखला ‘काव्यारोहण, आरोहण कवितायात्रा’मा प्रस्तुत भएका १२ जना कविका पाँच–पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’ प्रकाशित गरिएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

उद्घाटन समारोहमा वरिष्ठ कवि जसराज किरातीले सम्भाषण प्रस्तुत गरेका थिए ।

महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्की, आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्री, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रमका निर्देशक सुमन पोखरेललगायतले मन्तव्य व्यक्त गरे ।

Tags: #विराटनगर#साहित्यआरोहण गुरुकुल विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको छ। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।...

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    515 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.