पाँचथर : पाँच दिनदेखि बेपत्ता रहेका याङवरक गाउँपालिका–१ च्याङथापुका दुई जना बालबालिका मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुको शव मंगलबार बिहान याङवरक–१ स्थित बिरुवा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेका दुवै दाजुबहिनीलाई स्थानीय र सुरक्षाकर्मीको टोलीले खोजी गर्दै आएको थियो ।
घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहे पनि बालबालिकाको मृत्युबारे यकिन कारण पत्ता लागेको छैन ।














Discussion about this post