दमक : झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार दमकको पशुहाटको डाँडामा पूर्व पश्चिम राजमार्गमा प्र १–०२–००२ ख ०९१२ नम्बरको बन्दाकोपी बोकेको मालवाहक ट्रकले प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्कबाट मोटरसाइकलको पछाडि सवार ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उनका श्रीमान ४३ वर्षीय शुकदेव गौतम गम्भीर घाइते भएका छन् । घाइते शुकदेवको उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post