राखेर घाँटीमा छुरा, दाउ कसैले
के गर्न खोजेको बताउ कसैले ।
कसरी गर्ने बेवास्ताको हिसाब ?
के के छन् सूत्र सिकाउ कसैले ।
फेरि कोही मलम बनेर आयो
लगाएथ्यो दिलमा घाउ कसैले ।
कति गर्छौ व्यर्थ आलोचना मात्रै
गर न सरकारको बचाउ कसैले ।
कस्तो हुँदो रहेछ असली दुखाइ
आऊ न साँच्चिकै दुखाउ कसैले ।
थुनिएकी छु प्रेमको पिँजडाभित्र
मलाई आजादी बनाउ कसैले ।














Discussion about this post