Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विराटनगरको गुरुकुलमा प्रख्यात उपन्यास ‘एक चिहान’ मञ्चन हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८२
in कला साहित्य, समाचार
0
विराटनगरको गुरुकुलमा प्रख्यात उपन्यास ‘एक चिहान’ मञ्चन हुँदै

एक चिहानमा अभिनय गरेका कलाकारहरू ।

78
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आरोहण गुरुकुल विराटनगरमा बुधबारदेखि एक चिहान नाटक मञ्चन हुने भएको छ ।

प्रसिद्ध लेखक हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित मनोसामाजिक उपन्यास ‘एक चिहान’लाई नाट्य रूपान्तरणसहित भाद्र ११ गते बुधबारदेखि गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन गरिने भएको हो ।

माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको सो उपन्यासलाई अध्ययन, अध्यापनमा सहजता आउने गरी मञ्चन गर्न लागिएको हो ।

विराटनगर आसपासका विद्यार्थी तथा नव–कलाकारहरूको खोजी गर्दै नाट्य अभिनय कार्यशालासहित पूर्वाभ्यास गरिएको नाटकलाई भाद्र महिनाभरी नियमित प्रदर्शन गर्ने योजना रहेको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए ।

प्रजातन्त्र प्राप्तिपछि मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रुढीवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ ।

समय फेरिएतापनि भोगाई र अवस्थामा भएको समानताले नाटकलाई व्यापक बनाउँदै करिब सात दशक अघिको नेपाली समाजका विविध घटनाक्रम तथा निम्नवर्गिय नेपालीहरुले भोग्नुपरेको समस्याहरूलाई यथार्थपरक रूपमा नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा समग्र विषयवस्तुहरूलाई कलात्मक तथा मनोरञ्नात्मक हिसाबले प्रस्तुत गरिएको छ । समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुत गरिएको छ ।

नाटकमा अष्टनारानको भूमिकामा महेश पासवान, लतमायाको भूमिकामा संगीता यादव, शिवनारानको भूमिकामा उद्धव सापकोटा, हाकुमायाको भूमिकामा दीक्षा चौधरी, पुननारनको भूमिकामा गौरव खतिवडा, सिन्तलीको भूमिकामा उपासना राई, हर्षनारानको भूमिकामा शिवराज भुजेल, रामबहादुको भूमिकामा भरत कार्की, डाक्टर गोदत्तप्रसादको भूमिकामा प्रदीप दाहाल, रञ्जनादेवीको भूमिकामा अमिशा वाग्ले, रत्नमानको भूमिकामा सागर घिमिरे, सूरमान सुब्बाको भूमिकामा निशान चौहान राई र नानीथंकुको भूमिकामा दिव्याङ्का खड्काको अभिनय रहनेछ ।

केही कलाकारहरूले दोहोरो पात्रको अभिनयसमेत गरेका छन् ।

सास्थम कलेज विराटनगरको प्रवद्र्धन तथा बगैंचा र विराट किचनको सहयोगमा प्रदर्शन हुने नाटकमा आवरण चित्रको रूपमा कलाकार राजन काफ्लेको चित्रकला, कवि रमेशचन्द्र अधिकारीको पाश्र्व आवाज, भरत कार्कीको प्रकाश परिकल्पना, विकास पराजुलीको मञ्च परिकल्पनासहित नाटकको परिकल्पना तथा निर्देशन दिपेश भण्डारीले गरेका छन् ।

आसपासका विद्यार्थी, विद्यालय तथा अन्य सरोकारवालाहरूका लागि नाटकको मञ्चन आवश्यकता अनुसार व्यवस्थापन गर्दै नाटकलाई प्रदर्शनमा ल्याइने आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

Tags: आरोहण गुरुकुलआरोहण गुरुकुल विराटनगरएक चिहाननाटकभैरव क्षेत्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

गजल (राज भट्टराई)
FEATURE BREAKING

गजल (राज भट्टराई)

by राज भट्टराई
अशोज ३, २०८३
0

आऊन् समाऊन् यी हात मेरा छाडी नजाऊन् यी हात मेरा हाम्रो सहारा भेट्यौँ भनेर छामी रमाऊन् यी हात मेरा आनन्द...

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    514 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.