धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र एकजना इलाका प्रहरी कार्यालयका थुनुवा सहित ५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
संक्रमित हुनेहरूमा भदौ १४ गते एकै परिवारका कोरोना सङ्क्रमणबाट मृत्यु भएका आमा छोराको परिवारका २ जना ८४ वर्षीय वृद्ध पुरुष र ५५ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु धरान १७ का हुन् । अर्का धरान १७ कै २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, एकजना ईलाका प्रहरी कार्यालय धरानको थुनुवामा कोरोना देखिएको छ भने अर्का एकजना वीपी प्रतिष्ठानका कर्मचारी रहेको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यो सँगै धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७८ पुगेको छ ।











Discussion about this post